नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्वाचित

विहीबार, २८ पुस २०७९, १० : ५५

काठमाडौँ-  नेपाल बैंकर्स संघको नेतृत्व परिवर्तन भएको छ ।

 संघले हिजो  सम्पन्न विशेष साधारणसभाबाट एनएमबि बैंकका सिइओ सुनिल केसी नयाँ अध्यक्ष चयन भएका हुन् । 

यसअघि संघको अध्यक्षमा कृषि विकास बैंकका सिइओ अनिल कुमार उपाध्याय रहेका थिए । उनको कार्यकाल समाप्त भए पश्चात् संघको अध्यक्ष पद रिक्त भएसँगै अध्यक्षको निर्वाचनको कार्यक्रम तय गरिएको थियो । 

जसअनुसार सभाले एनएमबि केसीलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरिएको हो । 

यसअघि केसी संघको उपाध्यक्ष थिए । २०७३ फागुनदेखि एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत केसीसँग बैंकिङ्ग क्षेत्रको ३ दशकभन्दा धेरै समयको अनुभव छ ।

सो पश्चात् रिक्त हुन गएको उपाध्यक्ष पदमा माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइरालालाई २ वर्षको लागि मनोनीत गरेको छ ।

विहीबार, २८ पुस २०७९, १० : ५५

प्रतिक्रिया