नेपाल टेलिकमको  वार्षिक साधारण सभा सम्पन्न,बोनस बति प्रतिशत ??

विहीबार, २८ पुस २०७९, १५ : १८

काठमाण्डौँ - नेपाल टेलिकमको आज सम्पन्न १५ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांश स्वीकृत गरेको छ। 

काठमाण्डौँको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षको मुनाफा रकममध्येबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भनी प्रस्ताव गरिएको प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश स्वीकृत गरेको हो। 

सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन पनि अनुमोदन गरेको छ। 

 

विहीबार, २८ पुस २०७९, १५ : १८

प्रतिक्रिया