मिथिला लघुवित्त वित्तीय संस्थाद्धारा लाभांश घोषणा, कति प्रतिशत ?

शुक्रबार, २९ पुस २०७९, १० : ५०

काठमाडौँ-  मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाइ  लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको बिहीबार अपराह्न बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी १७ करोड ४ लाख ३७ हजार १७८.७५ रुपैयाँको कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने २ करोड ५५ लाख ६५ हजार ५७६.८१ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशतले हुन आउने १३ लाख ४५ हजार ५५६.६७ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ। 

 

शुक्रबार, २९ पुस २०७९, १० : ५०

प्रतिक्रिया