रिडी पावरले लाभांश वितरण गर्ने अनुमति पायो

शुक्रबार, २९ पुस २०७९, ११ : ४७

काठमाण्डौँ  - रिडी पावर कम्पनी लिमिटेडले विद्युत नियम आयोगद्धारा लाभांश वितरण गर्न स्वीकृति पाएको छ। 

कम्पनी सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट कुल ४२।१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरी स्वीकृतिका लागि आयोगमा पठाएको थियो। जसमा ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २।१० प्रतिशत नगद लाभांश छन्। 

आयोगले पुस २६ गते कम्पनीलाई पत्र पठाउँदै लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको जानकारी गराएको हो। 

यसैगरी कम्पनीले कम्पनी ऐन, २०६३ तथा प्रचलित कानुनअनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र अर्थात पुस मसान्तसम्म वार्षिक साधारणसभा गर्न असमर्थ भएको जनाएको छ। 

अब कम्पनीले आफ्नो वार्षिक साधारणसभाको मिति तय गर्नेछ। सोही सभाबाट लाभांश अनुमोदन गरी कम्पनीले सेयरधनीहरुलाई वितरण गर्नेछ। 

 

शुक्रबार, २९ पुस २०७९, ११ : ४७

प्रतिक्रिया