चालु आर्थिक वर्षको रेमिट्यान्स बढ्यो कति प्रतिशत ?

शुक्रबार, २९ पुस २०७९, १४ : ५०

काठमाडौँ  चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म कुल ४ खर्ब ८० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 

यो रेमिट्यान्स गत वर्षको यसै अवधिको तुलनामा २३ प्रतिशत बढी हो ।


राष्ट्र बैंकले सार्वजनिक गरेको पाँच महिनाको वित्तीय रिपोर्टअनुसार अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.१ प्रतिशतले वृद्धि भएको छ ।
 बैंकका अनुसार ५ महिनामा ३ अर्ब ७१ करोड डलर रेमिट्यान्स भित्रिएको छ । 

अघिल्लो वर्षको तुलनामा गत वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ६।३ प्रतिशतले र अमेरिकी डलरमा ६‍‍. ८ प्रतिशतले घटेको थियो ।


 

शुक्रबार, २९ पुस २०७९, १४ : ५०

प्रतिक्रिया