देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति : नेपाल राष्ट्र बैंक

शुक्रबार, २९ पुस २०७९, १५ : ५७

काठमाडौं-  शिथिल भएको अर्थतन्त्र विस्तारै सुधारको बाटोमा छ।

 तर, कतिपय क्षेत्र अझै पनि सामान्य हुन सकेको छैन।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनाको तथ्याङकलाई हेर्न हो भने वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.३५ प्रतिशत छ । त्यस्तै  आयात ७५.७ प्रतिशतले र निर्यात ११५.९ प्रतिशतले बढेको छ ।


विप्रेषण आप्रवाहमा भने नेपाली रुपैयाँ घटेको छ । राष्ट्र बैँकले निकालेको सुचकाङ्कमा  नेपाली रुपैयाँमा १८.१ प्रतिशत र अमेरिकी डलरमा १७।५ प्रतिशतले घटेको छ ।

शोधनान्तर स्थिति रु.४५ अर्ब ८७ करोडले बचतमा रहेको छ । यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.१२९२ अर्ब ५६ करोड र अमेरिकी डलरमा ९ अर्ब ८२ करोड रहेको छ भने  संघीय सरकारको खर्च रु.४३५ अर्ब २१ करोड र राजस्व परिचालन रु।३२६ अर्ब ८९ करोड रहेको छ ।

राष्ट्र बैंकले विस्तृत मुद्राप्रदाय १.९ प्रतिशतले बढेको जनाउँदै वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ७।४ प्रतिशतले बढेको उल्लेख गरेको छ ।  बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.२ प्रतिशतले बढ्नुका साथै निजी क्षेत्रमा प्रवाहित कर्जा १।६ प्रतिशतले बढेकोछ । यसैगरी वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.१ प्रतिशत रहेको छ ।

 

 

 

 


 

शुक्रबार, २९ पुस २०७९, १५ : ५७

प्रतिक्रिया