ताजा समाचार

श्रम तथा रोजगारमन्त्री अर्याल : ' बाध्यताले होइन, रहरले मात्र विदेश जाने अवस्थाको सिर्जना गर्छु '

मंगलबार, ०३ माघ २०७९, १७ : २७

काठमाडौं - नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कामका लागि नेपालीहरु विदेश जाने हालको अवस्थालाई न्यूनीकरण गरी शून्यमा पुर्‍याउने बताएका छन्। 

नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘नेपाली नागरिकले जबसम्म स्वदेशमै आत्मसम्मान सहितको रोजगार पाउँदैनन्, तबसम्म देशको विकास कल्पना बाहिरको हुन्छ।’ 

‘बाध्यताले नभइ रहरले मात्र विदेश जाने अवस्था सिर्जना गर्ने मेरो लक्ष्य हो,’ उनले थपे। मन्त्रालयले अब समन्वय गरेर स्वदेशमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्ने उनले उल्लेख गरे।

स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना नभएसम्म वैदेशिक रोजगारी बाध्यात्मक रहेको बताउँदै उनले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाएर पठाउनेमा पनि आफ्नो ध्यान केन्द्रित हुने स्पष्ट पारे।

मंगलबार, ०३ माघ २०७९, १७ : २७

प्रतिक्रिया