उपत्यकामा दैनिक ४० करोड लिटर पानीको माग

आइतबार, १२ फागुन २०७५, ०७ : ४६

काठमाडौं–काठमाडौं उपत्यकामा पानीको कुल मागको एकतिहाइ मात्रै आपूर्ति भइरहेको छ । उपत्यकामा हाल खानेपानीको दैनिक माग ४० करोड लिटर छ । तर, सुक्खा मौसममा जम्मा १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ । त्यसको ४० प्रतिशत चुहावट भएर ७ करोड ८० लाख लिटर पानी मात्रै उपभोक्ताको घरसम्म पुग्ने गरेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार हिउँदमा मात्र नभएर वर्षामा पनि पानीको वितरण कम हुने गरेको छ । केयुकेएलले वर्षायाममा समेत जम्मा १६ करोड लिटर वितरण गर्ने गरेको छ । आजको नयाँ पत्रिका दैनिका खबर छापिएको छ । 

आइतबार, १२ फागुन २०७५, ०७ : ४६

प्रतिक्रिया