बोहरा समूह राप्रपामा, जयन्त बाहिरिए

आइतबार, १२ फागुन २०७५, ०८ : ००

 काठमाडौं–राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादी पार्टी एकीकरण भएपछि असन्तुष्ट रहेका पूर्वमन्त्री दीपक बोहरासहितका नेताहरू आइतबार कमल थापा नेतृत्वको राप्रपा प्रवेश गर्ने भएका छन् । थापा नेतृत्वको राप्रपाका महामन्त्री जयन्त चन्दसहितका नेताले भने राप्रपा संयुक्त प्रवेशका लागि शनिबार पार्टी त्यागेको घोषणा गरेका छन् । 

बोहरासहितका नेताहरूलाई अध्यक्ष कमल थापाले एक कार्यक्रमको आयोजना गर्दै पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । राप्रपामा बोहरासहित तत्कालीन राप्रपा प्रजातान्त्रिकका कोषाध्यक्ष नीलकण्ठ काफ्ले, प्रवक्ता प्रदीप उदय, सहायक महामन्त्रीद्वय बिन्दु पहाडी र राजेन्द्र श्रेष्ठ तथा केन्द्रीय सदस्यहरू दीपक राई, ताहिर अली, मीना स्वर्णकार, सुरेन्द्र केसीलगायत प्रवेश गर्दै छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

आइतबार, १२ फागुन २०७५, ०८ : ००

प्रतिक्रिया