नेपाल वायुसेवा निगमले जापान उडानको तयारी पू्रा गर्याे

आइतबार, १२ फागुन २०७५, ११ : २७

काठमाडौँ – नेपाल वायुसेवा निगमले वाइडबडी विमानमार्फत जापान उडानको तयारी पू्रा गरेको छ । 
निगमका अनुसार वाइबडी विमानले उडानको सम्पूर्ण तयारी पूरा गरीसकेको छ । निगमका अनुसार जापान सिभिल एभिएशन ब्युरो (जेक्याब)बाट उडान अनुमति प्रमाणपत्र (एओसी) प्रतीक्षामा रहेको  छ ।

उडानका लागि निगमले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट भने विमान सञ्चालनको अनुमति प्रमाणपत्र (एओसी) पाइसकेको छ । जापानबाट परमिट आउनासाथ जापानको ओसाकामा उडान गर्ने निगमको योजना रहेको छ । 

आफ्नो तर्फबाट सबै काम सकिएको कारण  सम्भवतः यसै साताभित्र परमिट पाइने निगमका कर्मचारी बताउँछन्  । त्यसलगत्तै निगमले वाइडबडी विमानबाट काठमाडौं–ओसाका उडान थाल्नेछ ।’ 

निगमले तत्काललाई ओसाका र त्यसपछि जापानकै नारितामा पनि उडानको तयारी गरिरहेको छ । ओसाका  र नारिता  गरी सातामा चारओटा उडान गर्ने निगमको योजना छ । 

आइतबार, १२ फागुन २०७५, ११ : २७

प्रतिक्रिया