तस्बिरः रासस
दमक / राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको दमक–३ स्थित दापगाछीमा निर्माणाधीन देशकै अग्लो ‘दमक भ्यूटावर’ । करिब पाँच बिगाहा क्षेत्रफलमा निर्माणाधिन भ्यूटावर करिब एक सय मिटर अग्लो हुने र यसको लागत भ्याटबाहेक रु एक अर्ब ५० करोड ६३ लाख ८५ हजार ९६४ खर्च हुने सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनीयर भुपेन्द्र यादवले बताउनुभयो । भ्यूटावर विसं २०८० असार मसान्तभित्र निर्माण सम्पन्न भइसक्ने जनाइएको छ ।
प्रतिक्रिया