धितोपत्र बजारमा संशय कायमै

६ बर्ष अगाडि

काठमाडौँ । नेपालको शेयर बजार संलिने अवस्थामा पुगेको छ । तर बजारको अवस्था हेर्दा यसले स्थिरता कायम गर्न अझै केहि समय लाग्ने देखिएको छ ।
बजार तरल अवस्थामा नै रहेको छ । तर लगातार घट्दै आएको बजार विस्तारै संंलिन्छ कि भन्ने आश पनि देखिएको छ । बजार उल्लेख्य रुपमा नबढेपनि सामान्य रुपमा उकालो लाग्न सुरु गरेको छ । यसले सकारात्मक प्रभाव भने अवश्य नै पार्ने छ ।
अर्थमन्त्री डा युवराज खतिवडाको श्वेतपत्र पछि आक्रामक रुपमा बजार बढ्ला भन्ने अपेक्षामा रहेका लगानीकर्ता भने अपेक्षाकृत रुपमा बजार नबढ्दा निराश कै अवस्थामा रहेका छ ।
बजारमा सट्टेबाजको भीड भाँड देखिएको छ । त्यसले बजारलाई नकारात्मक प्रभाव पारिरहेका छन् ।
समयका हिसाबले आत्तिने गरी बजार घट्ने र मात्तिने गरी बजार बढ्ने उपयुक्त समय यो होइन । आर्थिक वर्षको तेस्रो त्रैमासिकको अन्तिम महिना भएकाले पनि ऋण प्रयोगकर्ता लगानीकर्ता बढी दबाबमा रहने रहने गर्छन् । त्यसको प्रभाव बजारमा परेको छ ।
वर्तमान सरकार स्थिर सरकारको हो । सरकारले नयाँ बजेट तथा नीति कार्यक्रम ल्याउन पाएको छैन । अघिल्लो सरकारले ल्याएको नीति तथा कार्यक्रम नै लागू गर्नुपरेको छ ।
 सरकारको नीति तथा कार्यक्रम आउन पनि अझै २ महिना कुर्नैपर्छ । बजारमा तरलता अभाव उस्तै छ । शोधनान्तर स्थिति ऋणात्मक रहेको अवस्था छ ।
विप्रेषण आप्रवाहको अवस्था पनि सुस्त तथा स्थिर नै छ ।  बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दो होइन, अनेक बहानामा बढ्दो क्रममा छ । राम्रो पक्ष भनेको सरकार स्थिर छ । तर, संघीयता संरचनाका कारण आगामी दिनमा स्रोत कसरी जुट्छ भन्ने जटिल प्रश्न नयाँ सरकारका सामु रहेको छ ।
संघीयता कार्यान्वयनका लागि सरकारले कस्तो कदम चाल्ला भन्ने चिन्ता पनि उत्तिकै रहेको छ ।  लगानीकर्तामा सकारात्मक वा नकारात्मक असर त्यसैले पुरयाइरहेको छ ।
चालू आर्थिक वर्षमै सरकारले गर्नुपर्ने खर्च राम्रोसँग गर्न सकेको छैन । त्यसैगरी पुँजी वृद्धिका कारण कम्पनीहरुले दिने बोनस तथा हकप्रद सेयर करिब करिब सकिएको अवस्था रहेको छ । बैंक तथा वित्तीय संस्थाको  ब्याजदर घट्ने अवस्था नै छैन । बरु विभिन्न बाहानामा व्याजदर बढ्दै गएको छ ।
त्यसकारण बजार आक्रामक रुपमा बढ्ला भन्ने अवस्था भने रहेको छैन । बजार अहिले नै उच्च बिन्दुमा पुग्ने अवस्था पनि छैन तर भने घट्नका लागि पनि पर्याप्त आधार  भने छैनन् । यो अवस्थालाई मध्यनजर गरेर शेयरमा लगानी गर्दा फरक नपर्ने जानकारहरुको भनाइ छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया