सिटिजन लाइफ इन्स्योरेन्सको पाँचौ साधारण सभा सम्पन्न

आइतबार, १५ माघ २०७९, १८ : ०३

काठमाडौँ - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौ वार्षिक साधारण सभा आज अलोफ्ट काठमाण्डू ठमेल, छायादेवी कम्प्लेक्स, ठमेल काठमाडौंमा कम्पनीका अध्यक्ष प्रदिप जंग पाण्डेको प्रमुख अध्यक्षतामा सम्पन्न भएको छ।

सो सभाले प्रिमियम मूल्यमा सर्वसाधारण शेयर (आइपीओ)निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । यसका साथै अघिल्लो आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । साथै सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

यसका साथै कम्पनी रजिष्ट्रारको कार्यालयबाट गत आव २०७८।७९ को लागि कम्पनीको लेखापरीक्षकमा जोशी एण्ड भण्डारी, चार्टर्ड एकाउन्टेन्ट्स (वर्तमान लेखापरीक्षक)लाई गरिएको नियुत्तिको अनुमोदन गर्ने र संचालकको नियुक्ति अनुमोदन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

आइतबार, १५ माघ २०७९, १८ : ०३

प्रतिक्रिया