शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सोमबार, १६ माघ २०७९, ०८ : ०५

काठमाडौं-  शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

 कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १७ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८४२१ प्रतिशत नगद लाभांश गरी कुल १६/८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सोही प्रस्तावित लाभांश पारित गर्न कम्पनीले माघ २५ गते कम्पनीको केन्द्रीय कार्यालय शिखर बिज सेन्टर, थापाथली काठमाडौंमा बिहान ११ बजे बस्नेगरी १७औं र १८औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सोमबार, १६ माघ २०७९, ०८ : ०५

प्रतिक्रिया