इन्टरनेट सेवा प्रदायक संघको २२ औँ साधारण सभा, नयाँ कार्यसमिति चयन

मंगलबार, १७ माघ २०७९, ०८ : ०९

काठमाडौँ - इन्टरनेट सेवा प्रदायक संघले २२ औँ साधारण सभाबाट तपशिल बमोजिमका पदाधिकारी चयन गरेको छ । 

त्यसैगरी सपथ ग्रहण कार्य पनि हिजो मिति २०७९ १० र १६ मा सम्पन्न भएको हो । तात्कालिन सल्लाहकार  बिनय बोहरा, तात्कालिन उपाध्यक्ष   प्रमेश खरेलको प्रस्तावमा र तात्कालिन सल्लाहकार  मनोज अग्रवाल, तात्कालिन महासचिव   नविन कुमार श्रेष्ठ लगायतको  समर्थनमा (सर्वसहमतिमा)  सुधिर पराजुलीको अध्यक्षतामा तपशिल बमोजिमको कमिटी गठन भएको छ ।

 संघले इन्टरनेट सेवा प्रदायकहरुका समस्याहरुलाई एक एक गरी समाधान गर्ने, नेपाल सरकारलाई समस्या समाधान गर्न ध्यानाकर्षण गर्दै दबाब दिने र गुणस्तरीय सेवा दिंदै इन्टरनेट क्षेत्रको विकाश गर्ने लगायतका लक्ष्य लिएको छ ।

    अध्यक्ष - सुधिर पराजुली 
     उपाध्यक्ष - मनोज अग्रवाल 
     महासचिव - नविन कुमार श्रेष्ठ  
     कोषाध्यक्ष -  पुष्कर बडाल 
     सचिव - सुरेन क्षेत्री 
     कार्यकारी सदस्यहरु -  कमल बास्तोला,    सुदिप आचार्य,    मधु अमात्य,    सुजन थापा
     सल्लाहकारहरु -   बिनय बोहारा,    बिनय साउद,    प्रमेश खरेल 
     प्रमुख कार्यकारी अधिकृत -  सुभास खड्का
     फंक्सनल कमिटी सदस्यहरु - बृजेश पालिखे,  रमेश काफ्ले ,  आशिष श्रेष्ठ

 
     
                
 

मंगलबार, १७ माघ २०७९, ०८ : ०९

प्रतिक्रिया