तस्बिर : रासस
नुवाकोटको बेलकोटगढी–५ का नेवार समुदायका बासिन्दा सोही स्थानमा आयोजित एक कार्यक्रममा टाकटुके नाच प्रदर्शन गर्दै । यस नाचको उद्गमस्थल नुवाकोटको त्रिशूली मानिन्छ । नेवार समुदायमा रहेको परम्परागत बाजा र वेषभुषामा सजिएर लौरो जुधाई समूहमा नाचिने यो नाच गाईजात्राको समयमा नाचिने भए पनि हराउँदै गएसँगै जगेर्ना गर्न पाका उमेर समूहले युवालाई साथ लिएर प्रशिक्षण–प्रदर्शन गराउँदै आएका छन् ।
प्रतिक्रिया