काठमाडौँ - हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले कायम चुक्तापुँजीको २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।
कम्पनीको माघ १३ गते बसेको संचालक समितिको बैठकले १ः२ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । साथै कम्पनीले विद्यूत नियमन आयोगबाट सहमति प्राप्त भएपछि वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ ।
साथै कम्पनीले हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट एण्ड बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । त्यस्तै, इक्रा नेपालसँग इस्यु रेटिङ्ग एण्ड लोन रेटिङ्गको लागि सम्झौता भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया