हकप्रद निष्कासन गर्न हिमालयन उर्जाले चुन्यो बिक्री प्रबन्धक

मंगलबार, १७ माघ २०७९, १२ : ५५

काठमाडौँ- हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।


कम्पनीको माघ १३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको थियो ।कम्पनीले १ः२ को अनुपातमा २ सय प्रतिशत हकप्रद निष्कासन गर्नेछ । 

कम्पनीले सोही हकप्रद निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो । यसका साथै, कम्पनीले रेटिङको लागि पनि क्रेडिट रेटिङ नेपालसँग सम्झौता गरेको छ ।

सञ्चालक समितिले प्रस्ताव गरेको हकप्रद सेयर नियमनकारी निकाय विद्युत नियमन आयोगको पूर्व स्वीकृतिका लागि पेश गरी सहमति प्राप्त भएपछि र आगामी बस्ने कम्पनीको वार्षिक साधारण सभाबाट अनुमोदन गरी नेपाल धितोपत्र बोर्ड समक्ष अन्तिम स्वीकृतिको लागि पेश भई हकप्रद सेयर जारी तथा निष्कासनको स्वीकृति प्राप्त भएपश्चात् मात्र हकप्रद सेयर निष्काशन तथा बिक्री गरिनेछ ।

मंगलबार, १७ माघ २०७९, १२ : ५५

प्रतिक्रिया