निर्जीवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासको अवधिसम्म्मा २० अर्ब रुपैयाँ बीमाशुल्क आर्जन

१ बर्ष अगाडि

काठमाडौं  निर्जीवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासको अवधिसम्म्मा २० अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

 बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ६ महिनासम्ममा कुल २० अर्ब ८ करोड २५ लाख ५५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।गत वर्षको सोही अवधिमा कम्पनीहरुले १९ अर्ब ९ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

गत आर्थिक बर्षको तुलनामा निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ५ दशमलव १५ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख रहेको छ ।हाल संचालमा रहेका बीमा कम्पनीहरुले प्रकाशन गरेको तथ्यांक अनुसार यस त्रैमाससम्ममा ६ कम्पनीको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा घटेको छ।

नेपाल इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स,प्रिमियम इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र पु्रडेन्सियल इनस्योरेन्स कम्पनीको बीमा व्यवसाय घटेको छ। कम्पनीले प्रकशन वित्तिय विवरण अनुसार यस त्रैमासको अवधिसम्ममा शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमा व्यवसाय गर्न सफल भएको छ।

कम्पनीले चालु आवको पुस मसान्तसम्ममा बीमा शुल्क आर्जन ८.७९ प्रतिशतले बढाएर २ अर्ब ६५ करोड २३ लाख ४८ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको सोही अवधिमा भने कम्पनीले २ अर्ब ४३ करोड ८१ लाख ३६ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

दोस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले भने १ अर्ब ५४ करोड ५८ लाख ४८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तर, गत वर्षको सोही अवधिमा भने कम्पनीको बीमा शुल्क २।४० प्रतिशतले घटेको हो ।

चालु आवको ६ महिनामा सगरमाथा इन्स्योरेन्सको बीमा शुल्क भने १ अर्ब ४९ करोड ८० लाख ७० हजार रुपैयाँ रहेको छ । गत वर्षको पुस मसान्तसम्ममा १ अर्ब ७२ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीको यस वर्षको सोही अवधिमा भने १३=३९ प्रतिशतले कमी हो ।

चालु आवको ६ महिनामा सबैभन्दा कम बीमा शुल्क भने नेशनल लाइफले संकलन गरेको छ । सो अवधिमा कम्पनीले ४९ करोड ४० लाख ७५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

प्राधिकरणका अनुसार चालु आवको पुस मसान्तसम्ममा सबैभन्दा धेरै बीमा शुल्क युनाईटेड इन्स्योरेन्सको घटेको छ। गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको पुस मसान्सम्म कम्पनीको बीमा शुल्क आर्जन ३२।७६ प्रतिशतले घटेर ५९ करोड ३१ लाख ३५ हजार रुपैयाँ कायम भएको छ ।

सो अवधिमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन वृद्धि गर्नेमा ९प्रतिशतका आधारमा० राष्ट्रिय बीमा कम्पनी देखिएको छ । सो अवधिमा कम्पनीको बीमा शुल्क १३७.९८ प्रतिशतले वृद्धि भई १ अर्ब ४० करोड ७७ लाख ६६ हजाजर रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको यो रकम ५९ करोड १५ लाख रुपैयाँ ७९ हजार रुपैयाँ रहेको थियो ।

१ बर्ष अगाडि

प्रतिक्रिया