सिनर्जी पावर डेभलपमेन्टले बोलायो विशेष साधारण सभा, बुक क्लोज कहिले ?

बुधबार, १८ माघ २०७९, ११ : ५५

काठमाडौं-  सिनर्जी पावर डेभलपमेन्टले विशेष साधारण सभा बोलाएको छ ।

 कम्पनीले फागुन ४ गते विशेष साधारण सभा बोलाएको हो ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा बिहान ८ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेश गर्नेछ । सिनर्जी पावर कम्पनीले कायम चुक्तापुँजीको ५०५ हकप्रद सेयर जारी गर्न लागेको हो ।

यसअघि कम्पनीलाई विद्युत नियमन आयोगले माघ १२ गते हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिइसकेको छ । अब विशेष साधारण सभाबाट परित भएपछि हकप्रद निष्कासन प्रकृया अघि बढ्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ २४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

बुधबार, १८ माघ २०७९, ११ : ५५

प्रतिक्रिया