काठमाडौं- साविकको सूर्या लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको छ ।
कम्पनीहरुले आर्थिक वर्ष २०७८ /७९ को लागि बीमितलाई दिने बोनसदर घोषणा गरेको हो ।
कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण बीमा प्राधिकरणबाट स्वीकृति भएपछि मुनाफामा सरिक हुने गरी (बोनस दिनेगरी( जारी भएका बीमालेखहरुका लागि दिईने नयाँ बोनसदर सार्वजनिक गरेको गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणले मर्जरमा गएका बीमा कम्पनीले मर्जर हुनु भन्दा अगाडीको वित्तीय विवरणदेखि लिएर बोनसदर छुट्टा छुट्टै सार्वजनिक गर्नु पर्ने व्यवस्था गरिदिएको छ । कम्पनीले गत पुस ७ गतेदेखि एकिकृत कारोबार सुरु गरेको थियो । अव पुस ७ गते भन्दा अगाडिको व्यवसाय, लेखापरीक्षण प्रतिवेदन, एक्चुरियल मूल्याङ्कन छुट्टा छुट्टै पर्नु पर्छ ।
साविक सूर्या लाइफका बीमितले न्युनतम प्रतिहजार ४० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म प्राप्त गरेका छन् । ९ वर्षसम्मको बीमा पोलिसी खरिदकर्ताले प्रतिहजार ४० रुपैयाँ प्राप्त गरेका छन् भने ३० वर्ष भन्दा लामो अवधिको बीमा पोलिसी खरिदकर्ताले भने गत आर्थिक वर्षका लागि प्रतिहजार ९० रुपैयाँ प्राप्त गरेका हुन् । तर यस अवधिको पोलिसी खरिद कर्ता जम्मा २–३ जना मात्रै छन् ।
इन्स्योरन्सले सार्वजनिक गरेकोे नयाँ बोनसदर अनुसार साविकको सूर्या लाइफ इन्स्योरेन्स सावधिक बीमालेख न्युनतम ९ वर्ष अवधिसम्मको सावधिक बीमालेख खरिदकर्ताले गत आर्थिक वर्षका लागि प्रतिहजार ४० रुपैयाँ प्राप्त गरेका छन् । यस्तो पोलिसीखरिदकर्ताको संख्या जम्मा ४४२ जना मात्रै छन् । त्यस्तै क्रमश १० देखि १४ वर्षका लागि प्रतिहजार ४१ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष ४५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५४ रुपैयाँ, २५ वर्षदेखि २९ वर्षका लागि ६० रुपैयाँ, ३० वर्ष भन्दा माथिका लागि प्रतिहजार ७० रुपैयाँ रहेको छ ।
यस्तै, सावधिक तथा आजीवन बीमामा कम्पनीले न्युनतम ९ वर्ष अवधिसम्मको सावजधिक तथा आजीवन बीमा पोलिसी खरिदकर्ताले गत आर्थिक वर्षका लागि प्रतिहजार ४० रुपैयाँ बोनसदर प्राप्त गरेका छन् । त्यस्तै यहि बीमा पोलिसी १४ वर्षसम्मकाले ४२ रुपैयाँ, १९ वर्षसम्मकाले ४६ रुपैयाँ, २४ वर्षसम्मका लागि ५६ रुपैयाँ, २९ वर्षसम्मका लागि ६० रुपैयाँ र ३० वर्ष भन्दा बढि अवधिकाले ७० रुपैयाँ प्राप्त गरेका छन् ।
अग्रिम भुक्तानी सावधिक बीमालेख पोलिसीमा १९ वर्षअवधिसम्मका बीमितले ४२ रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै २० वर्षदेखि २४ वर्ष अवधिसम्मका बीमितले ५२ रुपैयाँ र ३० वर्ष भन्दा बढि अवधिको पोलिसी खरिद कर्ता नै छैनन् । कम्पनीले १५ वर्षदेखि १९ वर्ष अवधिको यस्तो बीमा पोलिसी ९ हजार २७७ वटा बिक्री गरेको छ । यस्तो समुहकाले जम्मा प्रति हजार ४२ रुपैयाँ मात्रै प्राप्त गर्ने छन् ।
यता चौरासी पुजा नियमित भुक्तानीमा कम्पनीले यो बीमा पोलिसी खरिद कर्तालाई न्युनतम ४५ रुपैयाँदेखि ७० रुपैयाँसम्म दिएको छ । जसमा १० देखि १४ वर्ष अवधिका बीमितले ४५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिकाले ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका ले ५५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिकाले ६५ रुपैयाँ र ३० वर्ष भन्दा बढि अवधिकाले प्रतिहजार ७० रुपैयाँ प्राप्त गरेका छन् ।
त्यस्तै, कम्पनीले चौरासी पुजा एकल भुक्तानी बीमालेखमा न्युनतम ७५ रुपैयाँदेखि ९० रुपैयाँसम्म बोनसदर दिएकव छ । १० वर्षदेखि १४ वर्ष अवधिका बीमितले प्रतिहजार ७५ रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै १५ देखि १९ वर्ष अवधिका बीमितले प्रतिहजार ८० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका बीमितले ८५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका बीमितले ९० रुपैयाँ र ३० वर्ष भन्दा माथि अवधिका बीमितले प्रतिहजार ९० रुपैयाँ प्राप्त गरेका छन् । जवकी प्रतिहजार ९० रुपैयाँको लाभ लिने बीमितको संख्या जम्मा २ जना मात्रै छ ।
प्रतिक्रिया