नाडेप लघुवित्तद्धारा लाभांश घोषणा

विहीबार, १९ माघ २०७९, ११ : १५

काठमाडौँ- नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। 

संस्थाको बुधबार (माघ १८ गते) बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँको कुल १०.५२६ प्रतिशतले हुन आउने ५ करोड ११ लाख ३२ हजार ६३१.५८ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ। 


प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने ४ करोड ८५ लाख ७६ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशतले हुन आउने २५ लाख ५६ हजार ६३१.६८ रुपैयाँबराबरको नगद लाभांश छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने संस्थाले जनाएको छ। 
 

विहीबार, १९ माघ २०७९, ११ : १५

प्रतिक्रिया