काठमाडौं- इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडले ८९औं वार्षिक साधारण सभा बोलाएको छ ।
संस्थाको सञ्चालक समितिले माघ १७ गते बसेको बैंठकको निर्णय बमोजिम सो सभा फागुन १३ गते विनय चोक, गैँडाकोट, नवलपरासीमा बिहान ११ बजे बोलाएको हो।
सभाले सञ्चालक समितिको सिफारिस बमोजिम हाल कायम रहेको चुक्ता पुँजीको २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
सभाले सञ्चालक समितिले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्ने छ । त्यस्तै सभाले लेखापरिक्षको प्रतिवेदन सहितको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितको वित्तिय विवरण पारित गर्ने तथा नयाँ लेखापरिक्षक नियुक्त गर्ने छ ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ फागुन २ गते एकदिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन १ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
प्रतिक्रिया