स्वावलम्बन लघुवित्तद्धारा संस्थापक र सर्वसाधारणको सेयर संरचना परिमार्जन

शुक्रबार, २० माघ २०७९, ११ : २५

काठमाडौँ-  स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक र सर्वसाधारणको सेयर संरचना परिमार्जन गर्ने भएको छ। 

संस्थामा हाल संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ। अब संस्थाले सेयर संरचना परिमार्जन संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत कायम गर्ने भएको हो। 


सेयर संरचना ६०ः४० कायम गर्न मञ्जुरनामा पेस गर्न संस्थापक सेयरधनीहरुलाई संस्थाले ३५ दिनको समयसीमा तोकेको छ।

उक्त समयावधिभित्र कुनै पनि मञ्जुरनामा वा फरक धारणा प्राप्त हुन नआएमा स्वतः मञ्जुर भएको ठानी सोहीबमोजिम संस्थाको सेयर संरचना परिवर्तन गर्ने प्रक्रिया अगाडि बढाइने संस्थाले जनाएको छ। 

शुक्रबार, २० माघ २०७९, ११ : २५

प्रतिक्रिया