एनआइसी एशिया बैंकको शेयर लिलामीमा

शुक्रबार, २० माघ २०७९, १२ : ०१

काठमाडौं - एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको  सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक समूहको ७५ हजार कित्ता शेयर बिक्री गर्ने भएको छ ।

बैंकले उक्त शेयरको न्यूनतम मूल्य ७०६ रुपैयाँ तोकेको छ । यसर्थ आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने छ ।

उक्त शेयर खरिद गर्न चाहाने इच्छुक ब्यक्ति तथा संघसंस्थाले माघ २७ गतेभित्र बैंकको केन्द्रीय कार्यालय तथा बिक्री प्रबन्धकको कार्यालय एनआइसी एशिया क्यापिटल लिमिटेड बबरमल, काठमाडौंमा दरखास्त दिन सक्ने छन् ।

साथै एनआइसी एशिया बैंकको कर्पोरेट कार्यालय ट्रेड टावर, थापाथली काठमाडौं, शाखा कार्यालयहरु विराटनगर मोरङ्ग, आदर्शनगर वीरगंज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी र विरेन्द्रनगर सुर्खेतबाट बोलपत्र पेश गर्न सक्ने छन् । आवेदकले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने छन् ।

शुक्रबार, २० माघ २०७९, १२ : ०१

प्रतिक्रिया