नेपाल टेलिकमको १९औँ वार्षिकोत्सव सम्पन्न

शुक्रबार, २० माघ २०७९, १७ : १५

काठमाडौं - नेपाल टेलिकमको १९औँ वर्षिकोत्सवका अवसरमा भद्रकालीस्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा ६५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक समिता कोइरालाले जानकारी दिइन्। 

 विगतमा एक सय ५० भन्दाबढी कर्मचारी रक्तदानमा भाग लिने गरेकामा पछिल्ला वर्षमा कोरोना, डेङ्गीलगायतका कारण रक्तदान गर्नेको संख्यामा निकै न्यून रहेको बताइएको छ।  

 नेपाल टेलिकम सरकारीस्तरमा सबैभन्दा धेरै राजस्व बुझाउने सेवा प्रदायक कम्पनी हो। टेलिकमका मुलुकभर डेढ करोडभन्दा बढी ग्राहक छन्। यही माघ २२ गते टेलिकमले आफनो २२औँ स्थापना दिवस मनाउँदै छ।

वार्षिकोत्सवका अवसरमा उक्त लिमिटेडले अतिरिक्त क्रियाकलापअन्तर्गत विभिन्न खेलकुद प्रतियोगितासमेत सञ्चालन गरिरहेको छ।

शुक्रबार, २० माघ २०७९, १७ : १५

प्रतिक्रिया