मिर्मिरे लघुवित्तको नाफामा भारी गिरावट

१ बर्ष अगाडि

काठमाडौं । मिर्मिरे लघुवित्तको नाफामा भारी गिरावट आएको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्तको मुनाफा ५८.८२ प्रतिशतले घटेको हो ।

लघुवित्तले गत आर्थिक वर्षको समिक्षा अवधिमा १३ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो । तर, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा भने लघुवित्तले ५ करोड ६८ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २२.७५ प्रतिशतले घटेको छ भने कम्पनीको सञ्चालन नाफामा ५८.८२ प्रतिशतको गिरावट आएको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)मा पनि भारी गिरावट आएको छ । गतवर्ष ५५ रुपैयाँ ९१ पैसा रहेको ईपीएस हाल भने ३८ रुपैयाँ ५० पैसाले घटेर १७ रुपैयाँ ४१ पैसामा झरेको छ । त्यस्तै, कम्पनीको हालको चुक्ता पुँजी ६५ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको जगेडा कोषमा ३२ करोड ४२ लाख रुपैयाँ छ भने खराब कर्जा भने १.५५ प्रतिशतबाट बढेर ३.८४ प्रतिशत भएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया