न्यादी हाइड्रोपावर लिमिटेडले डाक्यो वार्षिक साधारणसभा

आइतबार, २२ माघ २०७९, १३ : ४६

 काठमाण्डौँ - न्यादी हाइड्रोपावर लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बबरमहलस्थित कार्की बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुने छ। 

 सभाले सर्वसाधारण सेयरधनीका तर्फ सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने महिला सञ्चालकसहित दुईजनाको निर्वाचन गर्ने छ। 

सभामा गत आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित गरिने छ। 

सोही सभाले लेखापरीक्षण समितिको सिफारिसअनुसार चालु आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ। 

 

आइतबार, २२ माघ २०७९, १३ : ४६

प्रतिक्रिया