जीवन विकास लघुवित्तको अपरिष्कृत वित्तिय विवरण सार्वजानिक

१ बर्ष अगाडि

काठमाडौँ - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

 उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद नाफा २६ करोड ४७ लाख ८८ हजार रुपैयाँमा सिमित भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३७.२५ प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिमा संस्थाले ४२ करोड १९ लाख ५१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ४.८७ प्रतिशतले घटेर ७९ करोड ४५ लाख १० हजार रूपैयाँमा सिमित भएको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ८३ करोड ५२ लाख २५ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ३७.२५ प्रतिशतले घटेर ३७ करोड ८२ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष संस्थाले ६० करोड २७ लाख ८७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

संस्थाको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ८५ करोड २८ लाख ४८ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ५१ रुपैयाँ २० पैसा रहेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २ सय ९४ रुपैयाँ ६९ पैसा रहेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया