नेप्सेद्धारा एसबिआई बैंकको ऋणपत्र सूचीकरण खारेज

आइतबार, २२ माघ २०७९, १७ : ००

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एसबिआई बैंक लिमिटेडको ऋणपत्र सूचीकरण खारेज गरेको छ ।

बैंकको माघ १९ गतेको पत्रानुसार बैंकबाट जारी गरिएको ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता ८ प्रतिशत दरका ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०७९’ माघ २० गतेपछि परिपक्क भएकोले सो नामक ऋणपत्र आजदेखि खारेज गरिएको हो ।

आइतबार, २२ माघ २०७९, १७ : ००

प्रतिक्रिया