अामाको कुटाइबाट ४ बर्षिय छोरी को मृत्युु

सोमबार, १३ फागुन २०७५, १२ : १९

ताप्लेजुङ – भनिन्छ! आमा मायाको प्रतिमूर्ति । तर ताप्लेजुङमा भने ९ महिनासम्म कोखमा राखेर जन्माएको सन्तानका लागि आफ्नै आमा काल बनेकी छन् ।

मिक्वाखोला गाउँपालिका–४ साँवा घर भई फुङलिङ बजारको रिजाललाइनमा बस्दै आएकी ३२ वर्षीया पूजा चेम्जोङ लिम्बुको कुटपीटबाट चार वर्षीया छोरीको मृत्यु भएको छ । गत शुक्रबार बिहान चेम्जोङले चार वर्षीया छोरीलाई कुटपिट गरी सख्त घाइते बनाएकी थिइन् । प्रत्यक्षदर्शीका अनुसार पूजाले छोरीलाई कुटपिट गरेर ढुंगामा पछारेकी थिइन्। लगत्तै उनको मुखबाट रगत निस्किएको थियो ।

प्रहरीले पूजालाई पक्राउ गरेको छ। जिल्ला अदालतबाट म्याद थप गरी ज्यान सम्बन्धी कसुरमा कारबाही बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी सञ्जयसिंह थापाले जानकारी दिए । बालिकालाई जिल्ला अस्पताल ताप्लेजुङले इलाम जिल्ला अस्पताल रेफर गरेकोमा उपचारको क्रममा शुक्रबार राति नै मृत्यु भएको हो ।

सोमबार, १३ फागुन २०७५, १२ : १९

प्रतिक्रिया