उपकार लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुकक्लोज कहिले ?

सोमबार, २३ माघ २०७९, ११ : ११

काठमाडौं- उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चौधौं वार्षिक साधारण सभा डाकेको छ । 

 माघ २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकको निर्णयले सभा फागुन १८ गते, बैंजानाथ १, गाभार भ्याली, बाकेमा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट चुक्ता पुँजीको ६१ दशमलव ७५ बोनश शेयर र कर प्रयोजनको लागि ३ दशमलव २५ नगद लाभांश गरी जम्मा ६५ प्रतिशत लाभांस प्रस्ताव पारित गर्ने छ । सभाले संस्थापक समुुहबाट २ जना र सर्वसाधारण शेयरधनी समुहबाट २ जना संचालकको निर्वाचन गर्ने लगायतका अन्य प्रस्ताव पारित गर्ने छ ।

साधारण सभा प्रयोजनको लागि फागुन ४ गते १ दिनको लागि बुकक्लोज मिति तय गरेको छ । यसर्थ फागुन ३ कायम रहेका शेयरधनीहरुले मात्रै साधारण सभामा सहभागि र प्रस्तावित लाभांश पाउनेछन् ।

सोमबार, २३ माघ २०७९, ११ : ११

प्रतिक्रिया