सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दावी भुक्तानी

सोमबार, २३ माघ २०७९, १२ : ३२

काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । 

कम्पनीको बिरगंज शाखाले माघ २२ बारा ,सिम्रौनगढ नगरपालिका वाड नं १ खजानीटोलमा स्वर्गिय बिधा देबीको गालामा घाउ भएको कारणबाट मृत्यु भएको हुदा उनको श्रीमान राजकिशोर शर्मालाई ५ लाख ७८ हजार ५ सय ५५ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

आयोजित श्रदाञ्जली सभा तथा मृत्युदाबी भुक्तानी कार्यक्रममा सोहि गाउको वडा अध्यक्ष दिल दयाल मुखिया र विभिन्न भद्र भलादमी र यस कम्पनीका शाखा प्रमुख श्रीराम प्रसादको उपस्थितिमा आयोजित कार्यक्रममा जीवन बीमाको बारेमा सोहि वडाका बासीहरुसंग र कम्पनीको बिरगंजको शाखा प्रमुखले बीमाको महत्वबारे प्रकाश पारिएको थियो ।

कार्यक्रममा विभिन्न गाउको भद्र भलादमीहरुको संगै सिम्रौनगढ ईलाका प्रहरीका ईन्चार्ज देवराज काफ्लेको उपस्थिति लगायत यस कम्पनीको मार्केटिङ मेनेजर,उपशाखा ईन्चार्ज,र शाखाको कर्मचारीहरुको पनि उपस्थितिमा कार्यक्रम गरिए संगै सबै ब्यक्तित्वहरुले श्रदाञ्जंली अर्पण गरेका थिए ।

सोमबार, २३ माघ २०७९, १२ : ३२

प्रतिक्रिया