रिलायन्स लाइफ इन्स्योरेन्सको नयाँ अभियान

सोमबार, २३ माघ २०७९, १२ : ३९

काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखको नविकरण शुल्कमा छुट प्रदान गर्ने भएको छ ।

 कम्पनीले पुनर्जागरण अभियान अन्तर्गत बीमालेखको नविकरण शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेको हो ।

दुई वर्षअघिदेखि भुक्तानी नगरिएका र व्यतित भएका बीमालेखको हकमा २०७९ माघ २३ गतेदेखि फागुन १५ गतेसम्म पुनर्जागरण गराएमा सो मा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको हो ।

साथै बीमालेख अवधिभित्र एक पटक मात्रै ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

सोमबार, २३ माघ २०७९, १२ : ३९

प्रतिक्रिया