काठमाडौँ - सरकारी स्वामित्वको सिभिल अस्पतालमा औषधि आपूर्तिको लागि हुने टेन्डर र त्यसको आशयको सूचना प्रकाशित प्रक्रियामै सेटिङ्ग भएको थाहा जुन आएको छ । । खासगरी लाइफ सेभिङ्ग ड्रग्सको टेन्डर सप्लाईमा सेटिङ्गसहितको आर्थिक अनियमितता हुने गरेको छ ।
अस्पतालले लाइफ सेभिङ्ग ड्रग्स र सर्जिकल सामग्रीलगायतका थप विभिन्न प्रकारका तीन दर्जनभन्दा बढी औषधि सप्लाईका लागि राजधानीको नयाँ बानेश्वरस्थित ९निजामती कर्मचारी० सिभिल अस्पतालले गत कात्तिक १ गते टेन्डर सूचना प्रकाशित गरेको थियो । तर त्यसको आशयपत्र सार्वजनिक गरेको छैन ।
यसबीचमा औषधि अनुमति स्वीकृत सिफारिस गर्ने डीटीसी कमिटीको व्यक्तिगत आर्थिक स्वार्थ र सप्लाइकर्ताबीच हुने गरेको आर्थिक सेटिङ्गका कारण लामो समयसम्म अर्थात् करिब तीन महिनाको समयसीमा व्यतित भइसक्दा समेत सिभिल अस्पताल प्रशासनले आशयपत्र सार्वजनिक गरेको छैन ।
सार्वजनिक खरिद नियमावलीमा भएको व्यवस्था अनुसार घट्दो मूल्यमा गुणस्तरसहितको औषधि र औषधिजन्य सामग्री खरिद गर्नुपर्ने हुन्छ । तर यहाँ औषधिको सिफारिस गर्ने डीटीसी कमिटीका प्रमुख डा। विधाननिधि पौडेल र औषधि सप्लाइकर्ताबीच आर्थिक सेटिङ्गको प्रसंगमा केही विषय नमिल्दा आशयपत्र सार्वजनिक हुन नसकेको र यसबीचमा औषधि सप्लाई एजेन्टसँग आर्थिक सेटिङ्ग भइरहेको स्रोतले जनाएको छ ।
राम्रो र गुणस्तरसहितको औषधिभन्दा पनि जुन कम्पनी वा औषधि आयातकर्तासँग राम्रो कमिशनमा सेटिङ्ग हुन्छ त्यही कम्पनीको महङ्गो औषधि सप्लाईलाई स्वीकृति दिने प्रवृत्तिले जरो गाडेको जानकारीसँगै घट्दो मूल्यमा गुणस्तरीय औषधि सप्लाई हुनुपर्नेमा सार्वजनिक खरिद नियमावलीविपरीत आफूनिकटका सप्लाईकर्तालाई भागशान्तिका लागि लोकस्ट वान, लोकस्ट टु र लोकस्ट थ्रिको अवधारणामा सिभिल अस्पतालले टेन्डरको आशयपत्र सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
यसबीचमा केही समयअघि डा. पौडेललाई टेलिफोन सम्पर्क गर्दै जानकारी माग गर्दा उनले अब केही समयपछि नै सार्वजनिक खरिद नियमावलीअनुसार नै आशयपत्र सार्वजनिक हुने जनाउ दिए पनि अहिले त्यस विपरीतका कामकारबाही हुँदै गरेको थाहा भएको छ ।
अस्पताल फार्मेसी प्रयोजनका लागि सप्लाई हुने औषधि आर्थिक सेटिङ्गका कारण एकातर्फ अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीले समयमा औषधि सप्लाई नहुँदा समयमा नै औषधि पाउनसकेका छैनन् भने अर्कोतर्फ सरकारीमातहतका अस्पतालमा हुने गरेको आर्थिक सेटिङ्गको प्रवृत्तिसहित औषधि खरिद गर्ने प्रवृत्तिका कारण व्यक्तिलाई लाभ र राज्यलाई आर्थिक भार निकै बढ्ने गरेको सरोकारवालाहरुको भनाइ छ ।
सरकारी मातहतका अस्पतालमै टेन्डर प्रक्रियामार्फत औषधि सप्लाईको क्रममा मुलुकको प्रचलित सार्वजनिक खरिद नियमावलीअनुरुप हुनुपर्नेमा ठीक त्यसविपरीत आर्थिक अनियमितताका योजनाबद्ध घटनाक्रमले प्रश्रय पाउँदै गर्दा समेत विभागीय मन्त्रालयका सम्बद्ध अधिकारी समेत तैँ चुप मै चुप रहेको जनाउँदै औषधिको सप्लाईमा हुने गरेको चलखेलका कारण आईसीयूका बिरामीहरुले कम मूल्यमा गुणस्तरयुक्त औषधि पाउन नसकेको अस्पतालसम्बद्ध उच्चस्रोतको दाबी छ ।
साथै स्रोतले सिभिल अस्पताल प्रशासनले अबको एकाध दिनमा नै सार्वजनिक खरिद नियमावलीविपरीत लो कस्ट वन, लोकस्ट टु, लो कस्ट थ्रिको नाममा औषधि टेन्डरको आशयपत्र सार्वजनिक गर्ने तयारी गरेको र यसको लागि डीटीसी कमिटी प्रमुख डा। पौडेलले औषधि सप्लाई गर्ने कम्पनीका एजेन्टसँग मनग्य अर्थलाभ प्राप्त गरेको जनाएको छ ।
त्यस्तै स्रोतले पछिल्लो समय धुलिखेल अस्पतालमा समेत लोकस्ट वन, लोकस्ट टु र लोकस्ट थ्रिको अवधारणामा कम मूल्यको औषधिभन्दा महंगो मूल्यको औषधि खरिद गर्दै बिरामीको ढाड सेक्ने र अस्पतालको डीटीसी कमिटीसम्बद्ध प्रमुखलगायतले औषधि सप्लायरसँग मनग्य आर्थिक नजराना बुझेको स्रोतको दाबी छ ।
प्रतिक्रिया