कुमारी बैंकको शेयर बिक्रीमा

मंगलबार, २४ माघ २०७९, १३ : ०३

काठमाडौँ - कुमारी बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३१ हजार ५३१ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय टंगाल, काठमाडौँमा बोलपत्र पेश गर्न सक्ने छन् ।

साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमनअनुसार सो सेयर अन्य कुनै व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले बताएको छ ।

मंगलबार, २४ माघ २०७९, १३ : ०३

प्रतिक्रिया