नख्खु बम बिस्फोटबारे अमेरिकाले मुख खोल्यो

सोमबार, १३ फागुन २०७५, १५ : ३१

काठमाडौँ – नेपालका लागि अमेरिकाका राजदूत रेन्डी बेरीले केही दिनअघि नख्खुमा भएको बम बिस्फोटमा एक जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको घटनालाई आपराधिक गतिविधि भन्दै आलोचना गरेका छन् । 
उनले केही बेरअघि ट्विट गर्दै त्यो विरोध मात्रै नभई आपराधिक हिंसा भएको जनाएका छन् ।

राजदूत बेरीले यस्ता गतिविधिलाई लोकतान्त्रिक नेपालमा स्थान नहुने समेत जनाएका छन् । अमेरिकी राजदूतले अविवेकी आक्रमणमा परेर मृत्यु हुनेका परिवारको साथमा आफू भएको जनाउँदै घाइतेहरुको शिघ्र र पूर्ण स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

सोमबार, १३ फागुन २०७५, १५ : ३१

प्रतिक्रिया