काठमाडौं- जीवन बीमा कम्पनीहरुबाट बीमतिहरुले चालु आर्थिक वर्षको पुस महिनामा ६ हजार ७८२ वटा बीमालेखबबाट ८७ करोड ४३ लाख रुपैयाँ बराबरको बीमापोलिसी त्याग गरेका छन् ।
सबैभन्दा धेरै पोलिसी त्याग्नेमा नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरु रहेको छन् । कम्पनीको कुल बीमाशुल्क आर्जनमा पनि अगाडि नै रहेको कारण यसमा सरेण्डरको परिणाम बढी भएको हो ।
पुस महिनामा कुल सरेन्डर भएको बीमा पोलिसी मध्ये ४१.८० प्रतिशत अर्थात २ हजार ८३५ वटा बीमालेख वापत ४३ करोड ९७ लाख ७९ हजार रुपैयाँ बराबरको पोलीसी सरेन्डर भएको हो ।पुस महिनामा कुल सरेन्डर भएको बीमा पोलिसी मध्ये ४१.८० प्रतिशत अर्थात २ हजार ८३५ वटा बीमालेख वापत ४३ करोड ९७ लाख ७९ हजार रुपैयाँ बराबरको पोलीसी सरेन्डर भएको हो
नेपाल लाइफपछि राष्ट्रिय बीमा संस्थानको धेरै बीमालेखहरु सरेन्डर भएका छन् । संस्थानको ७ करोड ७३ लाख रुपैयाँ बराबरको १ हजार ४५ वटा बीमालेखहरु सरेण्डर भएका छन् । यो कुल सरेण्डर पोलिसीको १५.४१ प्रतिशत हो।
यस्तै, बीमितहरुले नेशनल लाइफको ७०२ वटा, एशियन लाइफको ४९८ वटा, प्राइम लाइफको ३७० वटा, मेट लाइफको ३२७ वटा, गुराँस लाइफको २४६ वटा बीमालेखहरु सरेन्डर भएका छन् ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा कम बीमा पोलिसी त्याग भएको छ। पुस महिनामा कम्पनीको १० लाख ८४ हजार रुपैयाँ बराबरको १० वटा पोलिसीहरु मात्रै सरेन्डर भएका छन् ।
प्रतिक्रिया