निर्धन उत्थान लघुवित्तद्धारा वार्षिक साधारणसभा आह्वान

मंगलबार, २४ माघ २०७९, १६ : ४४

काठमाडौं - निर्धन उत्थान लघुवित्त वित्तीय संंस्थाले यही फागुन १२ गते आफ्नो २४औँ वार्षिक साधारणसभाको आह्वान गरेको छ ।   

केन्द्रीय कार्यालय नक्सालमा हुने उक्त वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

जसमध्ये १९ प्रतिशत अर्थात् ४१ करोड ७० लाख ५४ हजार सात सय ५० रुपैयाँबराबरको बोनस सेयर र एक प्रतिशत अर्थात् दुई करोड १९ लाख ५० हजार दुई सय ५० रुपैयाँबराबरको नगद लाभांश रहेको छ ।

मंगलबार, २४ माघ २०७९, १६ : ४४

प्रतिक्रिया