काठमाडौँ – सार्वजनिक सवारी साधनमा पुन: भाडा बढाउने तयारी भएको छ ।
असोजमा १० प्रतिशत भाडा बृद्धि गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वैज्ञानिक भाडादर कायम गर्ने भन्दै पुन: भाडा बृद्धि गर्न लागेको हो ।
कति किलोमिटरसम्मको कति भाडादर निर्धारण गर्ने भन्ने बारे विभागले अध्ययन गरिरहेको छ ।
यसअघि दशैमा पनि यातायात व्यवसायीहरुले सरकार र यातायात व्यवसायीवीच चार बुँदे सम्झौता गरेपछि अग्रिम बुकिङ खोल्न तयार भएका थिए ।
सम्झौतामा वैज्ञानिक तवरले भाडादर भाडादर कायम गर्न समिति बनाउने र त्यसले दिएको प्रतिवेदनमा आधारमा मंसिरमा भाडादर समायोजन हुने उल्लेख गरिएको छ। । सोही आधारमा भाडा बढाउन लागिएको हो ।
प्रतिक्रिया