विशेष अदालतका तीन न्यायाधीशको सरुवा

सोमबार, १३ फागुन २०७५, २२ : २०

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले विशेष अदालतमा कार्यरत तीन न्यायाधीशलाई काज सरुवा गरेका छन् । 

प्रधानन्यायाधीश राणाले आइतबार विशेष अदालतका न्यायाधीश चण्डिराज ढकाल, रत्नबहादुर बागचन्द र नारायाणप्रसाद पोखरेललाई काज सरुवा गरेका हुन् । 

न्यायाधीशद्वय ढकाल र बागचन्दलाई सुर्खेत उच्च अदालतको जुम्ला इजलासमा सरुवा गरेका छन् भने न्यायाधीश पोखरेललाई राजविराज उच्च अदालतमा सरुवा गरेका छन् । 

कुनै पनि विशिष्टकृत अदालतमा प्रत्येक दुई वर्ष काम गरेका न्यायाधीशलाई अवधि पुगेको भनी सरुवा गर्ने प्रावधान छ । सो अवधिभन्दा बढी मुद्दा हेर्दा विकृति आउन सक्ने हुँदा सरुवा गर्नुपर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार काज सरुवा गरिएको न्याय परिषद्ले जनाएको छ । 
 

सोमबार, १३ फागुन २०७५, २२ : २०

प्रतिक्रिया