‘पाइलट’ माथि वायुसेवा निगमको विभेद, पहिले प्रसंसा अहिले स्पष्टीकरण

सोमबार, १३ फागुन २०७५, २२ : ४१

काठमाडौं – क्याप्टेन सञ्जय बादे श्रेष्ठ पोखरा विमानस्थलमा ल्याण्ड गर्दै थिए । २०७४ भदौमा उनले चलाएको ‘वाई–१२ ई) ल्याण्ड गर्ने क्रममा फ्युल कन्ट्रोल युनिट फेल भएर जहाँज ओभर रन हुन पुग्यो । उनले कुशलतापुर्वक जहाँज कन्ट्रोल गरेर एअरक्राफ्टलाई थप हानी हुनबाट जोगाए । 

नेपाल बायुसेवा निगमको तत्कालिन ब्यवस्थापनले क्याप्टेन श्रेष्ठले त्यतिवेला दिएको राजिनामा अस्विकार गर्दै, ‘कुशलतापुर्वक परिस्थितीको सामना गरी कुनै पनी क्षती हुनबाट बचाएको’ भन्दै प्रसंसापत्र दिएको थियो । 

तर, अहिले परिस्थिती उल्टिएको छ । ठिक बिस महिनापछी तिनै सञ्जय बादे श्रेष्ठलाई बर्तमान निगम ब्यवस्थापनको तर्फबाट अप्रेशन विभागका डेपुटी डाईरेक्टर गोपाल सिंह विष्टले ‘पोखरा घट्नामा तपाईलाई किन कारवाही नगर्ने ?’ भन्दै स्पष्टिकरण सोधेका छन् ।श्रेष्ठलाई बिस महिनाअघीको घट्ना ब्युताएर कारबाही गर्ने नियतले स्पष्टिकरण सोधिएको बताईएको छ । 

सञ्जय बादे श्रेष्ठलाई मात्रै हैन, नेपाल बायुसेवा निगमले सिनियर पाईलटहरु पाखा लगाएर जुनियरलाई  फ्लाईट रोष्टर मिचेर तालिम लगायतका सेवा–सुविधा दिएको अरोप निगम ब्यवस्थापन माथी लागेको छ । त्यसैले पछिल्लो समय नेपाल बायुसेवा निगममा पाईलट–निगम ब्यवस्थापन विवाद चुलिएको छ । 

यसरी मिचियो फ्लाईट रोष्टर 
बायुसेवा निगमले नवौं तहका सिनियर पाईलटहरुलाई अपग्रेडिङ्ग तालिम गर्नबाट बञ्चित गरेर आठौं तहका पाईलट उद्धव घिमिरेलाई ‘एयरबस–३२०’ को तालिम गर्न पठाएको छ । इन्डोनेशियामा  ‘एयरबस–३२०’ को ‘को–पाईलट’ तालिम सकेर भर्खरै फर्केका घिमिरे जुनियर पाईलट हुन् । उनले ‘वाई–१२’ जहाँज उडाउँदै आएका थिए । 

फ्लाईट रोष्टर अनुसार पाईलटहरुलाई अपगे्रडिङ्ग तालिममा पठाउनुपर्ने भएपनी आठौं तहका सम्राट बहादुर शाह,  अर्पित श्रेष्ठ र उद्धब घिमीरेलाई ‘ए–३३०’ वाईडबडी तालिम गर्न इन्डोनेशिया र  सिंगापुर पठाउँदा नवौं तहका सिनियर पाईलटहरु अन्यायमा परेका छन् । 

निगमको नवौं तहमा कार्यरत सिनियर पाईलटहरु  नृपेन्द्र भट्टराई, संजय बादे श्रेष्ठ र प्रसन्न शमसेर जवरा भने तालिमबाट बञ्चित भएका छन् । सिनियर मध्येका  भट्टराई फ्लाईट रोष्टरको एक नम्बरमा छन् ।  श्रेष्ठ र जबरा फ्लाईट रोष्टरमा क्याप्टेन उद्धव घिमीरे भन्दा माथि छन् ।  

सन् २०१३ देखी नै फ्लाईट रोष्टरको दुई नम्बरमा छिरेका संजय बादे श्रेष्ठले हालसम्म अपग्रडिङ्ग तालिमको अवसर पाएका छैनन् । बायुसेवा निगमका अपरेशन डाईरेक्टर रविन्द्र कुमार शेरचनले मनोमानी ढंगले यसरी सिनियर पाईलटहरुलाई पाखा लगाएर सिनियारिटी लिष्टमा ४ नम्बरमा भएका घिमीरेलाई तालिममा पठाएको निगमका एक उच्च अधिकारीले रातोपाटीलाई जानकारी दिए । 

निगममा कार्यरत आठौं तहका अनिशमान शाक्यले राजिनामा दिएका छन् । क्याप्टेन जिवन निरौला तारा एयरको बिमान उडाउँछन् । आठौं तहका सम्राट बहादुर शाह र अर्पित श्रेष्ठलाई पनि निगमले सिनियारिटी मिचेर ‘ए–३३०’ वाईडबडी तालिम लिन सिंगापुर पठाएको छ ।  

जुनियर पाईलटलाई नियम मिचेर तालिममा पठाउने गरेको विवाद यसपटक मात्रै हैन, निगममा यसभन्दा पहिले पनी उठ्ने गरेको थियो । जुनियर पाईलटहरुलाई माथिल्लो तहको विमानको तालिममा पठाउँदा ‘वाई–१२ ई’ बाट ‘एम ए–६०’ सिनियारिटी लिष्ट अनुसार नपठाएर निगम ब्यवस्थापनले आफु निकट जुनियर पाईलट लाई वैदेशिक तालिममा पठाएको भन्दै सन् २०१६ मा राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो । त्यतिवेला सिनियरलाई उछिनेर राकेश कुमार काफ्ले, प्रचण्ड खड्का, मनिष शाह र राज रौनियार एयरबसको ‘को–पाईलट’ ट्रेनिङ्ग लिन इन्डोनेशिया गएका थिए । उनिहरुको तालिमका लागि निगमले ८० लाख खर्च गरेको थियो । 

यसरी जुनियर पाईलटलाई फ्लाईट रोष्टर मिचेर पठाएको बारे प्रतिक्रिया लिन बायुसेवा निगमका प्रवक्ता (क्याप्टेन) बिजय लामासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन् सकेन । 

 

सोमबार, १३ फागुन २०७५, २२ : ४१

प्रतिक्रिया