काठमाडौं - बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ६५ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको तुलनामा १९.०६% ले थोरै हो । गत वर्षको यसैअवधिमा कम्पनीले २ करोड ४ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ५ करोड ९९ लाख ७२ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा विद्युत बिक्री आम्दानी ५.४१% ले वृद्धि भएको हो । गत वर्ष विद्युत बिक्रीबाट हुने आम्दानी ५ करोड ६८ लाख रुपैयाँ रहेको थियो ।
यसको व्यवस्थापन खर्च ५१ लाख ३८ हजार रुपैयाँबाट बढेर १ करोड ८३ लाख रुपैयाँ पुगेको छ । व्यवस्थापन खर्च बढ्दा यसको नाफा प्रभावित हुन पुगेको छ । हाल बरुणको चुक्ता पुँजी ५३ करोड ५८ लाख रुपैयाँ रहेको छ । रिटेन अर्नीङमा २ करोड ७२ लाख रुपैयाँ जम्मा भएको छ । यस अवधिसम्म आइपुग्दा प्रतिसेयर आम्दानी बार्षिक ७ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ २६ पैसा छ ।
प्रतिक्रिया