विजय लघुवित्तद्धारा लाभांश घोषणा

विहीबार, २६ माघ २०७९, १० : ५९

काठमाडौँ  विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। 

संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३२ करोड रुपैयाँको कुल २१.०५२६ प्रतिशतले हुन आउने ६ करोड ७६ लाख ६८ हजार ४२१.०५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 


प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने ६ करोड ४० लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १०५२६ प्रतिशतले हुन आउने ३३ लाख ६८ हजार ४२१०५ प्रतिशतबराबरको नगद लाभांश छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि अगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ। 

 

विहीबार, २६ माघ २०७९, १० : ५९

प्रतिक्रिया