बरुण हाइड्रोपावरको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक

१ बर्ष अगाडि

 काठमाण्डौँ - बरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 

कम्पनीले समीक्षा अवधिमा १ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १९.०६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले २ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

दोस्रो त्रैमासमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ५.४२ प्रतिशतले बढेर ५ करोड ९९ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको थियो। 

चुक्तापुँजी ५३ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन अर्निङ बढेर २ करोड ७२ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा रिटेन अर्निङमा २ करोड ५४ लाख रुपैयाँ रहेको थियो। 

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ, पीई रेसियो ३९.१४ गुणा र प्रतिसेयर नेटवर्थ ११३.२६ रुपैयाँ रहेको छ।

 

१ बर्ष अगाडि

प्रतिक्रिया