काठमाडौँ- वाणिज्य बैंकहरुले फागुनमा ब्याजदर स्थिर राख्ने भएका छन्।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन ९एनबीए०को आज बिहान बसेको बैठक फागुनमा ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो। बैठकमा एनबीए कार्यसमिति सदस्य र बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी थिए।
बैठकले माघमा कायम निक्षेपको ब्याजदरलाई नै फागुनमा पनि निरन्तरता दिने निर्णय गरेको एनबीएका एक अधिकारीले बताए। अहिलेको अवस्थामा निक्षेपको ब्याजदर घटाउनुपर्ने नदेखिएकोले स्थिर राख्ने बैंकहरुबीच सहमति भएको ती अधिकारीको भनाइ छ।
एनबीएले यो माघ महिनामा व्यक्तिगततर्फ मुद्दति निक्षेपको पुसमा कायम ब्याजदरलाई ९.३३८ प्रतिशतले घटाउने निर्णय गरेको थियो। जसअनुसार माघमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत, रेमिट खाताको चाहिँ १२ प्रतिशत र ३ महिना वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत कायम गरिएको छ।
एनबीएको निर्णयसँगै अब माघकै ब्याजदरले फागुनमा पनि निरन्तरता पाउने भएको छ।
प्रतिक्रिया