राष्ट्र उत्थान लघुवित्तको नाफामा उछाल

विहीबार, २६ माघ २०७९, १२ : ५३

काठमाडौं - राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको खुद नाफा ७७.२७ प्रतिशतले घटेर चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८३ लाख ८३ हजार रुपैयाँमा सीमित भएको छ ।

गत वर्षको सोही अवधिमा भने ३ करोड ६८ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । राष्ट्र उत्थानको खुद ब्याज आम्दानी १०.४० प्रतिशत र सञ्चालन नाफा पनि ७६.७८ प्रतिशत ले घटेपछि खुद नाफामा गिरावट आएको हो । यता, कम्पनीको खराब कर्जा पनि १.०३ प्रतिशत बाट बढेर पुस मसान्तसम्ममा २.७३५ पुगेपछि खुद नाफा प्रभावित भएको छ ।

पुस मसान्तसम्म आइपुग्दा यसको रिजर्भ कोष भने २२.२१ प्रतिशत ले बढेको छ । यसको रिजर्भमा १८ करोड ९२ लाख ९० हजार रुपैयाँ जम्मा भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसको रोजर्भमा १५ करोड ४८ लाख ८६ हजार रुपैयाँ रहेको थियो ।

आइपीओ बिक्री गरेकाले चुक्ता पुँजी पनि बढेको छ । यसको कस्ट अफ फन्ड पनि २.७३५ ले बढेर ९.२७५ पुगेको छ । राष्ट्र उत्थानको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ८० पैसा रहेको छ ।

विहीबार, २६ माघ २०७९, १२ : ५३

प्रतिक्रिया