श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सद्धारा लाभांश वितरण सुरु

विहीबार, २६ माघ २०७९, १३ : ४६

काठमाडौँ - श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले नगद लाभांश वितरण सुरु गरेको छ । कम्पनीले गत पुस २९ गते सम्पन्न २८ औँ वार्षिक साधारण सभाबाट पारित गरेको कर समेत ५ दशमलव २० प्रतिशत नगत लाभांश वितरण सुरु गरेको हो । 

 गत वर्षको मुनाफाबाट वितरण गर्ने गरी निर्णय गरेको नगद लाभांश वितरण सुरु गरेको छ ।

साधारण सभा प्रयोजनका लागि पुस १९ गते एक दिन बुक क्लोज गरेका कम्पनीले पुस १८ सम्म कायम शेयरधनीहरुको हितग्राही खातामा उल्लेख बैंक खातामै माघ ५ गते देखिनै नगल लाभांश वितरण सुरु गरेको छ ।

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सदस्यहरूको नगद लाभांश बैंक खाता अद्यावधिक पछि मात्र वितरण हुने जानकारी कम्पनीले दिएको छ । साथै बुक क्लोजको अघिल्लो दिनसम्म आफ्नो शेयर धितो राखी कर्जा उपयोग गरेका सदस्यहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र पेश गरेपछि मात्र नगद लाभांश प्राप्त गर्नेछन् । कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 
 

विहीबार, २६ माघ २०७९, १३ : ४६

प्रतिक्रिया