महालक्ष्मी लाइफ इन्स्योरेन्स चौथौ बर्षमा प्रवेश

शुक्रबार, २७ माघ २०७९, १२ : २६

काठमाडौं-  महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कारोबार संचालनको चार वर्ष पुरा भएको छ। 

जीवन बीमा बजारमा सबैभन्दा कान्छो कम्पनीको रुपमा आउँदा पुराना स्थापित र पछि आएका कम्पनीहरुसँग अस्वस्थ प्रतिस्पर्धाको बीच गुणस्तरिय कारोबार गर्नु ठुलो चुनौती थियो।

कम्पनी स्थापना पछिको निरन्तर दुई वर्षको कोरोनाको अवरोधले पनि शाखा संजाल विस्तार र अभिकर्ता निर्माणमा कठिनाई नै भोग्दै चौथौ बार्षिकोत्सव मनाउन सफल भएको छ।
नेपालको जीबन बीमा बजारमा देखा परेको अनेकौ समस्या र कठिनाईको बीचमा रहेर बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्न तथा गुणस्तरिय व्यवसाय सँगै कम्पनीको विस्वासनियता बृद्धिलाई प्राथमिकतामा राखेको कम्पनीले जनाएको छ ।

प्रत्येक घरमा एउटा जीवन बीमा, युवासँग महालक्ष्मी लाईफ र महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ जस्ता जनचेतना मूलक कार्यक्रम लिएर देशै भरी अभियान संचालन बीमा सचेतना कार्यक्रम संचालन गर्न सफल भएको छ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यी सबै कार्यक्रम संचालन गरेको कारण कारोबारमा निरन्तर बृद्धि संगै कम्पनीको राम्रो ब्राण्ड स्थापित गर्न सफल भएको कम्पनीले जनाएको छ।
त्यसैको फलस्वरुप प्रत्येक वर्ष मूनाफा संगै बीमितहरुलाई दिने बोनस दर पनि अन्य कम्पनी भन्दा राम्रो दिन सफल भएको छ ।

कम्पनीले गत आ।व। २०७८/७९ को पौष मसान्तको तुलनामा चालु आ.व. २०७९/८० को पौष मसान्त सम्ममा चुक्ता पूँजीमा ५०५, जगेडा कोषमा ६०.७ ५, जीवन बीमा कोषमा ५६.४५, महाविपत्ति कोषमा ४४.५५, कर्जा लगानीमा २९.५५, दाबी भुक्तानीमा ३८५ र मुनाफामा ३५.४५ ले बृद्धि गर्न सफल भएको छ ।

कम्पनीले नेपाल बीमा प्राधिकरणले २०७९ चैत्र भित्र अनिवार्य रुपमा पूँजी बृद्धि गर्ने निर्देशन दिए पछि प्रभु लाईफ इन्स्योरेन्स सँग मर्जरको प्रकृया अघि बढाएको छ ।
भारतिय बीमांकी बाट सम्पत्ती दायीत्वको मुल्याङ्कन प्रतिवेदन आउन निकै ढिला भएको कारण निर्धारित समयमा एकीकृत कारोबार गर्न नसकेता पनि २०७९ चैत्र भित्र मर्जर कार्य सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ।

एकिकृत कारोबार पछि बन्ने प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सले मितव्ययी तरिकाले गुणस्तरिय कारोबार संचालन गर्दै लगानी कर्ता र बीमितहरुको हितलाई सधै सर्वोपरि राखि काम गर्ने विश्वास दिलाउन चाहेको कम्पनीले जनाएको छ।

शुक्रबार, २७ माघ २०७९, १२ : २६

प्रतिक्रिया