अरुण भ्यालीको साधारणसभा सम्पन्न

शुक्रबार, २७ माघ २०७९, १४ : २७

काठमाडौँ - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले   आज (शुक्रबार) सम्पन्न साधारणसभाबाट  ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश पारित गरेको छ। 

 त्यसै गरी साधारणसभाबाट कम्पनीले निर्माण गर्न लागेको बुदुम खोला जलविद्युत अयोजना (१४.५०) मेगावाटको लागि ऋण स्वीकृत लगायतका एजेण्डामाथि छलफल गरी पारित गरिएको छ । 

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ माघ १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले माघ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेथिए । 

शुक्रबार, २७ माघ २०७९, १४ : २७

प्रतिक्रिया